Terms and conditions

कबुलियतनामा

मैले छात्रवृत्ति पाएको विषयमा एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका तोकिएको भन्दा बढी रकम प्राप्त गरेमा, अध्ययन पूरा नगरेमा, छात्रवृत्ति प्राप्त गरेको विषय परिवर्तन गरेमा, नेपाल सरकार र प्रदेश सरकारबाट दोहोरो पर्ने गरी छात्रवृत्ति स्वीकार गरेको पाइएमा, मैले छात्रवृति वापत पाएको आर्थिक सुविधा तथा सो मा लागेको ब्याज रकम समेत प्रदेश सरकारलाई बुझाउने छु । सो रकम नवुझाएमा सरकारी बाँकी सरह असुल उपर गरेमा मेरो मन्जुरी छ । साथै अध्ययन पूरा गरी प्रमाणपत्र प्राप्त भएको एक महिना भित्र प्रमाणपत्रको प्रतिलिपि मन्त्रालयमा पेश गर्नेछु भनी यो कबुलियतनामा पेश गरेको छु ।

MBBS / MD / MS   छात्रवृत्तिको हकमा छात्रवृत्तिको लागि छनौट भए पश्चात नियमित र अनुशासित भै अध्ययन पुरा गर्नेछु ।  अध्ययन पश्चात प्रदेश सरकारले खटाएको जिल्लामा तोकिएको अवधि सेवा गर्ने छु । अध्ययन पुरा नगरेमा वा प्रदेशले खटाएको अवधि सम्म सेवा नगरेमा निर्देशिका अनुसार हुने कारवाहीका लागि मेरो मन्जुरी छ ।